वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
सुरक्षित मातृत्व कार्यक्रम: सुरक्षित मातृत्व कार्यक्रमको लक्ष्य मातृ र नवजात शिशु बिरामी र मृत्युदर घटाउनुका साथै रोकथाम र प्रवर्द्धनात्मक गतिविधिहरू मार्फत मातृ र नवजात शिशुको स्वास्थ्यमा सुधार गर्नु हो। सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत नि:शुल्क गर्भवती जाँच, प्रसुती सेवा, सुत्केरी जाँच, नवशिशु उपचार र प्रजनन् रुग्णताको व्यवस्थापन गर्ने सेवाहरु रहेको छ।
परिवार नियोजन कार्यक्रम: गुणस्तरीय परिवार नियोजनका सेवाहरुको पहुँच तथा प्रयोगमा वृद्धि गरी आमा तथा बालबालिकाहरुको स्वास्थ्य स्थितिमा सुधार एवम् सम्पूर्ण परिवारको जीवनको समग्र गुणस्तरमा सुधार ल्याउने यस कार्यक्रमको मुख्य उद्देश्य हो । छोटो अबधिको अस्थाइ परिवार नियोजनको साधन (कण्डम, पिल्स, डिपो) सबै स्वास्थ्य संस्थामा उपलब्ध छन् र लामो अबधिको अस्थाइ परिवार नियोजनको साधन (इमप्लान्ट, आइ.यु.सि.डी.) तथा स्थाइ बन्ध्याकरण सिमित स्वास्थ्य संस्थामा उपलब्ध छन् ।
सुरक्षित गर्भपतन कार्यक्रम: असुरक्षित गर्भपतनबाट हुने मातृ मृत्यु दरलाई घटाउन नेपालले वि. सं. २०५९ साल देखि सुरक्षित गर्भपतन सेवालाई कानूनी मान्यता दिएको हो।सुरक्षित गर्भपतन सेवाको सर्वसुलभ र सर्वव्यापि पहुँच बढाउनका लागि नि:शुल्क सुरक्षित गर्भपतन सेवा कार्यक्रमलाई वि. सं. २०७३ साल देखि लागु गरिएको छ।सुचिकृत स्वास्थ्य संस्था र सुचिकृत स्वास्थ्यकर्मीबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध छ।