वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
खोप कार्यक्रम: खोप सेवा एउटा लागत प्रभावकारी कार्यक्रम हो जसले निश्चित रोगहरु लाग्नवाट सुरक्षा प्रदान गर्दछ । नेपालमा वि.स. २०३५ साल देखि खोप कार्यक्रमको प्रारम्भ भएको हो । हाल नियमित खोप मार्फत १३ वटा रोग विरुद्धको खोप बालबालिकाहरुलाई प्रदान गरीने गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम मार्फत तोकिएका सबै खोपहरू समतामुलक रुपमा सबैको पहुंचमा हुने गरी प्रत्येक बालबालिका र गर्भवती महिलालाई गुणस्तरिय, सुरक्षित र सर्वसुलभ खोप सेवा निरन्तर रुपमा प्रदान गर्ने र खोपबाट बचाउन सकिने रोग, अपाङ्गता र मृत्युदरलाई कम गर्नु नै खोप कार्यक्रमको प्रमुख लक्ष्य हो।
पोषण कार्यक्रम: राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत गर्भवती महिला, सुत्केरी आमा, २ वर्ष मुनीका बालबालिका तथा किशोर किशोरीहरुलाइ लक्षित गरी उनीहरुको पोषण स्तरमा सुधार गर्ने, २ वर्ष मुनीका बालबालिकाको वृद्धि अनुगमन, प्रत्येक ६/६ महिनामा भिटामिन ए आम वितरण गर्ने तथा जुकाको औषधी खुवाउने भिटामिन ए को कमीको उपचार गर्ने, आयोडिन युक्त नुनको उपयोगमा बृद्धि गर्ने, ६ महिना सम्मका शिशुहरुलाई पूर्ण रुपमा स्तनपान गर्न र ६ महिना देखी २ वर्ष सम्मका वालवालिकाहरुलाई स्तनपानको साथ साथै थप आहार र बालभिटा खुवाउन प्रोत्साहन गर्ने, रक्त अल्पतावाट जोगाउन गर्भवती महिला र किशोरीहरुलाई आइरन चक्की वितरण तथा पोषण सम्वन्धी परामर्श दिने गरिन्छ।